यामाहाले सार्वजनिक गर्यो ‘रे जेडआर स्ट्रीट र्याली १००’ स्कुटरको भिडियो

यामाहाको नयाँ स्टाइलिस स्कुटर ‘रे जेडआर स्ट्रीट र्याली १००’ को बिषयमा भइरहेको सस्पेन्स अब सकिएको छ । कम्पनी एक टिजर सार्वजनिक गर्दै यसको सस्पेन्सलाई अन्त्य गरेको हो ।

 

कम्पनीले आफ्नो अफिसियल युटुब पेजमा भिडियो सार्वजनिक गरेर र बजारमा आउन तयार भएको जनाउ दिएको छ । यो नाममा कम्पनीले बाइक वा स्कुटर के बनाउँदै छ भन्ने विषयमा जानकारी दिएको थिएन । 

कम्पनीको भिडियो आएसँगै यो स्कुटर ‘रे जेडआर स्ट्रीट र्याली १००’ भएको तथ्य खुलेको छ भने कम्पनीले चाँडै यसलाई बजारमा ल्याउने तयारी गरिरहेको बुझिएको छ । 

यो स्कुटरलाई यामाहाले दिल्ली अटो शो २०१८मा शोकेस गरेको थियो । टिजर सार्वजनिक सँगै यसको स्टाइल र वोल्डनेस, स्पोर्टी लुक्सको चर्चा स्कुटर बजारमा सुरु भएको छ ।

 

अत्यन्त नयाँ मोडलको रुपमा बजारमा आउन लागेको यो स्कुटरमा नयाँ इन्ट्रुमेन्ट क्लस्टरसमेत दिइएको छ । ११३ सीसीको सिंगल सिलिन्डर रहेको यसले ७.१ बीएचपी पावर र ८.१ एनएम टर्क उत्पादन गर्छ ।    


Back_to_top