काठमाडौं । बजेटको हिसाबले मात्रै युवा पुस्ताले मोटरसाइकल छनोट गर्दैन । उनिहरुको लागि पावर र स्टाइल पनि निकै महत्वपूर्ण हुन्छ । सुरुमा ब्यवसायीक मानिसको लागि १५० सीसी सेग्मेन्टमा धेरै मोटरसाइकल आए ।
युवाहरुको रोजाइमा पर्ने डिजाइन, फिचर र पावरलाई मध्येनजर गर्दै मोटरसाइकल उत्पादकले १६० सीसी सेग्मेन्टमा एकपछि अर्को नयाँ मोटरसाइकल ल्याए । अहिले बजारमा बजाज, यामाहा, सुजुकी, टीभीएस र हिरो जस्ता ब्राण्डले १६० सीसीका मोटरसाइकल बिक्री गर्दै आएका छन् ।
बजाज पल्सर एन १६०, यामाहा एफजेडएक्स, सुजुकी जिक्सर, टीभीएस अपाचे आरटीआर १६० फोर भी र हिरो एक्स्ट्रीम १६० आर यो सेग्मेन्टमा उपलब्ध मुख्य प्रतिस्पर्धी हुन् ।
बजारमा उपलब्ध यी मुख्य ५ प्रतिस्पर्धी मोटरसाइकलका बीच एक्सेलेरेशन र ब्रेकिङको तुलना यहाँ गरिएको छ । यी मोटरसाइकलको एक्सेलेरेशनलाई ० देखि ६० किलोमिटर प्रतिघन्टाको स्पीडमा पुग्न लाग्ने समय र ब्रेकिङलाई ८० देखि ० स्पीडमा आउन लाग्ने दुरीमा मापन गरिएको छ ।
बजाजले पल्सर एन १६० दुबै कुरामा उत्कृट बनाएको छ । नयाँ जेनेरेशन पल्सरको रुपमा चिनिएको एन १६० ले ५.२४ सेकेन्डमा सून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको स्पीडमा पुग्छ । त्यसैगरी यसलाई तपाई ८० किलोमिटर प्रतिघन्टाको स्पीडमा दौडाउँदै हुनुहुन्छ र अचानक रोक्नु पर्यो भने ३३.९१ मिटरमा पूर्णरुपमा रोकिने छ ।
यी पाँच मोटरसाइकल मध्ये सबैभन्दा कमजोर रहेको एफजेडएक्सले सून्यदेखि ६० किलोमिटरको स्पीड ७.०४ सेकेन्डमा भेट्टाउने छ भने, यसलाई ८० किलोमिटरको स्पीडबाट अचानक रोक्नुपर्दा ४०.८४ मिटरमा पूर्णरुपमा रोकिने छ ।

एक्सीलेरेसनमा बजाज पहिलो हुँदा टीभीएस अपाचे आरटीआर १६० फोर भी दोस्रो, हिरो एक्स्ट्रीम १६० आर तेस्रो, सुजुकी जिक्सर चौथो स्थानमा आउँछ ।

ब्रेकिङमा पनि पल्सर एन १६० पहिलो हुँदा सुजुकी जिक्सर दोस्रो, हिरो एक्स्ट्रीम १६० आर तेस्रो र टीभीएस अपाचे आरटीआर १६० चौथो स्थानमा रहेको छ ।

