काठमाडौं । होन्डा इन्डियाले आफ्नो चर्चित मोडल साइनलाई नयाँ इन्जिनमा ल्याएको छ । कम्पनीले ‘बीएस सिक्स फेज टु’मा आधारित इन्जिनमा साइन ल्याएको हो ।
होन्डाले साइनलाई डिस्क ब्रेक र ड्रम ब्रेक गरी दुई भेरिएन्टमा सार्बजनिक गरेको छ । नयाँ साइन बीएस ६ फेज टू कम्प्लेन्टमा आधारित रहेको कारण ८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथानल मिसावट गरेर चलाउन सकिने छ ।
कम्पनीले नयाँ साइन खरिद गर्ने ग्राहकका लागि १० वर्षको वारेन्टी दिएको छ । जसमा ३ वर्ष इन्क्लुडेड र ७ वर्ष एक्स्टेन्डेड वारेन्टी अप्सन दिइएको छ ।
नयाँ साइनमा १२३.९४ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १०.७४ बीएच हर्सपावर र ११ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।
आकर्षक बडी ग्राफिक्स देखिने नयाँ साइनमा टू-वे फङसनिंग स्टार्ट-स्टप स्वीच, साइलेन्ट स्टार्टर, डीसी हेडल्याम्प, इन्टिग्रेटेड हेडल्याम्प बीम, पासिङ स्वीच, ५ स्टेप एड्जस्टेबल रियर सस्पेन्स दिइएको छ ।
त्यसैगरी, क्रोम गार्निस गरिएको फ्रन्ट भाइजर, साइड कभरमा क्रोम स्ट्रोक, क्रोम मफलर कभर, मिटर कन्सोल, सिल चेन, ट्यूबलेस टायर, अगाडी पछाडि ब्ल्याक अलोय ह्वील, इक्यूलाइजर सहितको कम्बि ब्रेकिङ सिस्टम जस्ता फिचरहरु समावेस गरिएका छन् ।
मोटरसाइकल पाँच कलर अप्सनसहित भारतीय बजारमा उपलब्ध छ । यसको ड्रम ब्रेक भेरियन्टको मूल्य ७९ हजार ८०० र डिस्क ब्रेक भेरियन्टको ८३ हजार ८०० भारतीय रुपैयाँ कायम गरिएको छ ।

