‘डिआई टर्बो इन्जिन र इलेक्ट्रीक’ दुबै अप्सनमा आउँदै टाटा कर्भ

काठमाडौं । टाटा मोटर्सले नयाँ १.२ लिटर क्षमताको डिआई (डाइरेक्ट इन्नजेक्सन) टर्बो पेट्रोल इन्जिन तयार गरेको छ । कम्पनीले ल्याएको नयाँ टर्बो इन्जिनले पहिलेको तुलनामा बढी शक्ति प्रदान गर्नेछ ।

टाटाले तयार पारेको ११९८ सीसी, थ्री सिलिण्डर पेट्रोल इन्जिनले अधिकता १२५ हर्सपावर र २२५ एनएम टर्क प्रदान गर्छ । अहिले टाटाले नेक्सनमा प्रयोग गरेको १.२ लिटर टर्बोको तुलनमा नयाँ इन्जिन ५ हर्सपावर र ५५ एनएम टर्क बढी प्रदान गर्छ ।

अहिलेसम्म कम्पनीले यसलाई आउँदै गरेको कर्भ कुप्पे एसयूभीमा प्रयोग गर्ने जनाएको छ । यसको पावर र टर्कलाई हेर्दै टाटाले नयाँ जेनेरेशन नेक्सन र अल्ट्रोजमा पनि प्रयोग गर्न सक्नेछ ।

टाटा मोटर्सले सन् २०२४ मा बजारमा ल्याउने घोषणा गरेको कर्भ एसयूभी अटो एक्स्पो २०२३ मा देखाएको थियो । कम्पनीले यसलाई पेट्रोल इन्जिन र इलेक्ट्रीक मोटरमा ल्याउने छ ।

कम्पनीले कर्भ ईभीलाई सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने गरी ल्याउने छ । यद्यपि, यसमा रहने मोटर र ब्याट्री साइजको विषयमा भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

यस्तो छ कर्भ

निकै फ्यूचरिष्टीक डिजाइनमा तयार भएको कर्भको अगाडि पातलो एलइडी स्टीप वारपार भएको छ भने ट्याडगुलर लाइडी एलीमेन्ट्स, फ्यूचरीस्टीक अलोय ह्वील, कम्प्याकट रियर प्रोफाइल देख्न सकिन्छ ।

भित्री ड्यासबोर्डमा आकर्षक दुइवटा डिजिटल स्कृन, डिजीटल एसी कन्ट्रोल सुईच, नयाँ आकर्षक डिजाइनको टु स्पोक स्टेरिड ह्वील, स्टेरिडमा डिजिटल इलुमुनेट हुने टाटाको लागो, ड्यासबोर्डमा पनि फ्याब्रिकको प्रयोगले कर्भ निकै प्रिमियम देखिने अनुमान गर्न सकिन्छ ।


Back_to_top