काठमाडौं । नेपालमा रोयल इनफिल्डको क्रेज अत्याधिक बढ्दै गएको छ । यसको क्लासिक र बुलेट बाइकको माग धेरै रहेको छ । यसको लूक्स र आवाज अरुभन्दा भिन्न प्रकारको रहेको छ । मार्केटमा डिमाण्ड र पपुलारिटी अत्यधिक भए तापनि धेरैजना यो बाइक चालकहरू सन्तुष्टी नरहेको भेटिएको छ ।
धेरै मानिसहरू यो बाइक नकिन्नुको पछाडिको कारणहरू विविध रहेका छन् । यहाँ भारतीय मिडिया दैनिक भास्करले रोयल इनफिल्ड किन्न नहुने केही कारणहरू निकालेको छ, जुन यसप्रकार छ ।
स्पीडमा धेरै भाइब्रेसन हुने
रोयल इनफिल्डका बाइकहरू लामो यात्राको लागि प्रख्यात रहे तापनि यसको स्पीडमा केही समस्या रहेको छ । यो बाइकलाई ८० या ९० को स्पीडमा चलायो भने थर्कने गर्छ । भाइब्रेसन हेन्डलबारमा धेरै हुने गरेको छ । यसको कारणले रियर भ्यू–मिररबाट पछाडिको वस्तुहरू हेर्न धेरै नै समस्या हुने गरेको छ । साथै, लामो समयसम्म ह्याण्डलबार समातिरहन सकिँदैन, हात दुख्ने समस्या आउने गरेको छ ।
कम माइलेज
नेपाली बजारमा यो बाइकको मूल्य पाँच लाख रुपैयाँभन्दा माथि रहेको छ । कम्पनीले बुुलेट–३५०, थन्डरबर्डकासाथै हिमालयनसम्मका मोडलहरू उपलब्ध गराएको छ । नेपाली बाटोमा यी बाइकहरूले प्रतिलिटर ३५ किलोमिटरभन्दा बढी माइलेज दिँदैन । यदि धेरै माइलेज दिने बाइक किन्ने सोचमा हुनुहुन्छ भने अन्य बाइक किन्नु उपयुक्त हुन्छ ।
ब्रेकमा समस्या
महंगो बाइक भए तापनि यी बाइकहरूमा सुरक्षाको ध्यान दिएको पाईंदैन । आजकल बजारमा १५० सीसीका बाइकहरूमा समेत एबीएस (एन्टीलक ब्रेकिङ सिस्टम) रहेको हुन्छ । तर, रोयल इनफिल्डको अत्याधिक पपुलर मोडलहरू क्लासिक–३५० तथा बुलेटमा भने एबीसजस्तो सामान्य सिस्टम पनि हालिएको छैन । साथै, पछाडि डिस्क ब्रेकको सुविधा पनि राखिएको छैन । यिनै कारणले गर्दा केही समयअघिमात्र बिमस्टेक सम्मेलनमा कालिमाटीमा स्कटिङमा रहेको ट्राफिक पुलिसको बाइक दुर्घटनामा परेको थियो ।
आधुनिक फिचरको कमी
यदि बाइकमा आधुनिक फिचरहरूको प्रयोग गर्ने सोचमा हुनुहुन्छ भने रोयल इनफिल्ड खराव च्वाइस हुनेछ । रोयल इनफिल्ड बाइक आफ्नो सदियौँ पुरानो परम्परागत डिजाइनमा कायम रहेको छ । रोयल इनफिल्डको एकमात्र हिमालयन बाइकमा मोर्डन इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । बाँकी सबै मोडलहरूमा पुरानो स्पीडोमिटर रहेको छ ।
आजकल स्कुटरमा समेत डिजिटल डिस्प्लेकासाथै मोवाइल फोन सिन्क्रोनाइज गरेर इन्कमिङ् कल तथा म्यासेज हेर्न मिल्ने सिस्टम आइसकेकोमा रोयल इनफिल्डको बाइकहरूमा फ्युल वार्निङ्ग लाइटसमेत रहेको छैन ।
धेरै गहुंगो ओजन
रोयन इनफिल्ड बुलेट–३५० को ओजन नै १८३ किलोग्राम हुने गरेको छ । यी बाइकहरू हेवी मेटलबाट बनाइएको हुन्छ । यस्तोमा यो बाइकलाई नेपालको जस्तो खराब बाटो भएको ठाउँहरूमा थाम्नै गाह्रो हुन्छ । कहिलेकाहिँ यो बाइकबीच बाटोमा पञ्चर भएमा वा कुनै कारणले स्टार्ट नभएमा यसलाई डो¥याएर हिँडाउन धेरै मुस्किल पर्छ । तपाईं हल्का वजनको बाइककाबारेमा सोज्दै हुनुहुन्छ भने रोयन इनफिल्डलाइ आफ्नो सम्भावित लिस्टमा नराखे पनि हुन्छ ।
यी माथिका समस्याहरूले कुनै प्रवाभ पार्दैन र रोयन इनफिल्डको लूक्स र साउण्डमात्र तपाईंको प्राथमिकतामा पर्छ भने नेपालमा नक्साल तथा बालकुमारीमा रहेको शोरुममा भिजिट गरि आफ्नो लागि बाइक बुक गर्न सक्नु हुनेछ ।


