काठमाडौंका यी स्थानमा फ्लाई ओभर र अण्डर पास निर्माण गर्न बजेट

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै उपत्यका विभिन्न स्थानमा फ्लाई ओभर, अण्डर पास लगायतका पूर्वाधार निर्माणलाई जोड दिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज पेश गरेको बजेटमा कोटेश्वर जडिबुटी, नयाँ बानेश्वर, थापाथली लगायतका स्थानमा यस्ता पूर्वाधार निर्माणगरि उपत्यकामा हुने ट्राफिक जामलाई कम गर्ने उल्लेख गरेका छन् ।


Back_to_top