काठमाडौं । फोर्स मोटर्सको आधिकारीक विक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले आउँदै गरेको चाडपर्वको अवसर पारेर गाडी किन्ने ग्राहकलाई थप फाइदा हुने स्कीम संचालन गरिरहेको छ ।
कम्पनीले दशैं–तिहारको अवसरमा फोर्सका गाडी किन्दा आकर्षक नगद छुटको साथमा वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्ट फोनलगायत उपहार जित्न सक्ने स्कीम ल्याएको हो ।
यो स्कीम फोर्सको शोरुमहरुमा चालु भइसकेको छ भने आगामी २०७९ कार्तिक १३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । आयाम इन्टरकन्टिनेन्टलले विगत ८ वर्षदेखि फोर्सका गाडी नेपालमा विक्री गर्दै आइरहेको छ ।
कम्पनीले काठमाडौंको गैहृीधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरीमा आफ्नै शोरुम संचालन गरिरहेको छ भने चितवनको भरतपुर, झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा भने स्थानिय ब्यवसायीक साझेदार मार्फत शोरुम र सर्भिस सेवा प्रदान गर्दै आएको छ ।


