फोर्स गुर्खाको बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । फोर्स गुर्खा अफरोड एसयूभीको बुकिङ खुल्ला भएको छ । केही दिनदेखि पोखरा आसपासको क्षेत्रमा देखिएको फोर्स गुर्खाको अब भने बुकिङ खुल्ला भएको हो ।

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी ल्याएको गुर्खामा विश्व प्रसिद्ध मर्सिडिज बेन्जको २.६ लिटर इन्जिन, गियरबक्स र एक्सल जडान गरिएको छ ।

कम्पनीले ७८ लाख ९९ हजार मूल्य तोकेर बुकिङ खुल्ला गरेको गुर्खामा पावरफुल फोर ह्वील ड्राइभ सिस्टम दिएको छ । अगाडी र पछाडी दुबै एक्सलमा ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि यसलाई सहजै चलाउन सकिन्छ ।

वल्की डिजाइन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एलइडी हेडल्याम्प सहितको डे टाइम रनिङ लाइट, टिल्ट एण्ड टेलिस्कोपीक स्टेरिङ, एडभान्स इन्फोटेन्मेन्ट सिस्टम, आरामदायी सिट, कोयल स्पीङ्ग सस्पेन्शन जस्ता आकर्षक फिचर रहेका छन् ।


Back_to_top