फोर्स मोटर्सका गाडी किन्नेलाई रिलायन्स फाइनान्सले ऋण दिने

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालि र रिलायन्स फाइनान्स बीच एक सम्झौंता भएको छ । दुई कम्पनी बीच भएको सम्झौंता अनुसार फोर्सका गाडी किन्ने ग्राहकलाई रिलायन्स फाइनान्सले सहज ऋण उपलब्ध गराउने उल्लेख छ ।

उक्त सम्झौंतामा आयाम इन्टरकन्टिनेटलको तपÞर्mबाट कम्पनीका अध्यक्ष डा.धु्रव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । अब आयामको सिफारिसमा जाने ग्राहकले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि फाइनान्सबाट मूल्यको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यले भएको यस सम्झौंतापछि रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । त्यसको लागि फोर्स मोटर्स २२ वटै शाखामा गाडी किन्ने ग्राहकले कर्जा सुविधा पाउने छन् ।

साथै फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक गरेकोे छ । कम्पनीको अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशतसम्म क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाख मुल्यांकन, १ वर्षको मर्मत संभार खर्च र निःशुल्क बीमा पाउने छन् ।


Back_to_top