१४ महिनामै टुट्यो फोर्ड र महिन्द्राको सहकार्य

काठमाडौं । भारतमा फोर्ड र महिन्द्रा एण्ड महिन्द्राको ‘जेभी’मा पूर्णविराम लागेको छ । सन् २०१९ अक्टोबरमा यी दुई कम्पनीले संयूक्त लगानीमा काम गर्ने घोषणा गरेका थिए । तर, डिसेम्बर ३१, २०२० मा दुबै कम्पनीले विज्ञप्ती जारीगरि सहकार्य रोकेको घोषणा गरेका हुन् ।

यी दुबै कम्पनीले मिलेर विभिन्न एसयूभीहरु ल्याउने क्रममा रहेका थिए । यस्तोमा दुई कम्पनी बीचको सहकार्य टुट्दा अब के हुन्छ भन्ने विषयमा अहिले चर्चा भइरहेको छ ।

महिन्द्राले ५१ प्रतिशत र फोर्ड ४९ प्रतिशत लगानी गर्ने घोषणा भएको भएको नयाँ जेभी बन्द गर्नुको मुख्य कारण विश्वमा देखिएको नयाँ आर्थिक मन्दी र क्यास फ्लोको समस्या मुख्य रहेको बताइएको छ ।

यी दुई बीचको नयाँ जेभी बन्द गर्ने घोषणाले दुबै कम्पनीले ल्याउन लागेको नयाँ एसयूभीहरुमा समस्या नहुने कम्पनीहरुले बताएका छन् । कम्पनीहरुका अनुसार फोर्डको सि सेग्मेन्ट एसयूभी महिन्द्रा एक्सयूभी ५०० को प्ल्याटफर्म आउने छ भने इकोस्पोर्टको लागि नयाँ इन्जिन महिन्द्राले सप्लाई गर्ने छ ।

भारतीय बजारमा फोर्डका गाडी महिन्द्राको डिलर नेटवर्कको प्रयोग गरेर विक्री गर्ने योजना भने असफल भएको छ । फोर्ड आफु भारतीय बजारमा एक्लै अगाडि बढ्न तयार रहेको बताएको छ ।


Back_to_top