काठमाडौं । टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचव्याक कार अल्ट्रोजमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन प्रदान गर्ने भएको छ । कम्पनीले नयाँ इन्जिन सहितको अल्ट्रोज जनवरी १३ तारिखमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।
नयाँ टर्बो इन्जिन टाटा नेक्सनबाट लिइएको हो । टाटा नेक्सनमा दिइएको उक्त इन्जिन निकै सफल मानिन्छ । उक्त इन्जिनले अधिकतम १२० हर्स पावर र १७० एनएम टर्क प्रदान गर्ने छ ।
कम्पनीले अहिले विक्री गर्दै आएको नेचुरल एस्पायर्ड इन्जिनले अधिकतम १०८ बीएच पावर र १४० एनएम टर्क प्रदान गर्छ । अहिलेको इनिजनको तुलनामा टर्बो इन्जिन ज्यादा पावरफुल रहेको छ । नेपाली बजारमा सिप्रदी ट्रेडिङले अल्ट्रोज विभिन्न ४ भेरियन्टमा विक्री गर्दै आएको छ । कम्पनीको अल्ट्रोजको एक्सई, एक्सएम, एक्सटी र एक्सजेड भेरियन्ट विक्री गर्दै आएको हो ।
अल्ट्रोज एक्सई भेरियन्टको मूल्य २९ लाख ९९ हजार, एक्सएम भेरियन्टको ३२ लाख ५५ हजार, एक्सटी भेरियन्टको ३५ लाख ५५ हजार र एक्सजेड भेरियन्टको ३८ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
टर्बो इन्जिनमा आउने अल्ट्रोजको मूल्य केहि महंगो हुने अनुमान गर्न सकिन्छ ।

