हुन्डाईले ल्यायो ‘वल्ड कप टू वल्ड कप’ अफर, ४ लाखसम्म नगद छुट पाइने

काठमाडौँ । हुन्डाई नेपालले वल्ड कप टू वल्ड कप अफर सार्वजनिक गरेको हो । फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै वल्ड कप टू वल्ड कप अफर सार्वजनिक गरेको हो ।

फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता , जोस र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै वल्ड कप टू वल्ड कप अफर सार्वजनिक गरेको हो ।

यसै भावनालाई नेपालमा पनि विस्तार गर्दै, यो अभियानले ग्राहकहरूलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने गरी डिजाइन गरिएका विशेष स्वामित्व लाभहरू प्रदान गर्ने बताइएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, निश्चित मोडलहरूमा ४ लाखसम्मको नगद छुटका साथै, ४४ हजार ४४४ रुपैयाँसम्मको विशेष वर्ल्ड कप बोनस प्राप्त गर्न सक्नेछन् । यसका साथै १ वर्षको बीमा र सहज स्पट एक्सचेन्जसमे उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसका अलावा सबै हुन्डाई गाडीहरूमा ४ वर्षको गाडी वारेन्टी, ८ वर्षको हाई-भोल्टेज ब्याट्री वारेन्टी, र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध गराउने भएको छ ।

 


Back_to_top