काठमाडौं । फोर्डले भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा आफ्ना तीन मोडललाई बजारमा ल्याएको छ । कम्पनी आफ्नो सब फोर मिटर एसयूभी इकोस्पोर्ट, फ्रिस्टाइल र फिगोको बीएस ६ इन्जिन भएको उत्पादन ल्याएको हो ।
फोर्डको आधिकारीक बिक्रेता जिओ अटोमोवाइलले कोरोना भाइरसको कारण लकडाउन सुरु हुनु केही समयअघि यी गाडी नेपाल ल्याएको हो । सुरुवातमा नेपाल आउँदा मूल्य परिवर्तन नगरेको कम्पनीले लकडाउन कै बीच आफ्ना गाडीको मूल्य परिवर्तन गरेको हो ।
अब लकडाउन सकिएपछि फोर्डका गाडी किन्ने ग्राहकले केही मोडलमा बढी मूल्य तिर्नुपर्ने हुन्छ । अहिले तीन मोडल बीएस ६ मापदण्डको ल्याएको कम्पनीले लकडाउन सकिएपछि एन्डेभरलाई बीएस ६ इन्जिनमा सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले आफ्नो आधिकारीक वेभ साइटमा उल्लेख गरेको मूल्य र नयाँ मूल्यमा केही फरक पाउन सकिन्छ ।


