काठमाडौं । विश्वकै पुरानो र ठूलो मध्येको एक कार निर्माता फोर्डले नयाँ टेक्नोलोजीको पेटेन्ट राइट दर्ता गराएको छ । कम्पनीले यसको नाम अहिलेसम्म बाहिर नल्याएपनि पैदल यात्रुको सुरक्षाको लागि यसको प्रयोग गर्नेछ ।
फोर्ड ठूला र मस्कुलर एसयूभी तथा पीकअप ट्रक उत्पादनमा चल्तीको ब्राण्ड हो । यस्तोमा गाडीको ठक्करबाट हुने दुर्घटना न्यूनिकरण गर्न यो टेक्नोलोजीले काम गर्ने बताइन्छ ।
फोर्डले पेटेन्ट दर्ता गराएको यो टेक्नोलोजीले एयरब्याग कै जस्तै काम गर्ने कम्पनीले बताएको छ । यदि पैदल यात्रु अचानक गाडीमा ठोक्किन आएमा यसको अगाडिको बम्बर फुल्ने छ । यसरी बम्पर फुल्दा पैदल यात्रु खुट्टामा लाग्ने गम्भिर चोटबाट बचाउन सकिने छ ।
यसरी फुलेको बम्परले गाडी मुनी पैदल यात्रुलाई जानबाट पनि रोक्ने छ । यदि यसको प्रयोग फोर्डले सुरु गर्ने हो भने वार्षिक लाखौं दुर्घटनामा ज्यान गुमाउन र अंगभंग हुनेको केही हिस्सा भएपनि कम गर्न सकिने बताइन्छ ।

