टोयोटाले देखायो सानो इलेक्ट्रीक एसयूभी, ७ तस्बिरमा हेर्नुहोस्

काठमाडौं । जापानी अटो जाइन्ट टोयोटाले सहरी क्षेत्रलाई ध्यानमा राखेर सानो साइजको इलेक्ट्रीक एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको एसयूभी निकै क्लीन र सार्प डिजाइनमा देखिएको हो ।

टोयोटाले बीजेड ब्राण्ड नेमबाट ईभी उत्पादन गर्ने घोषणा यसअघि नै गरेको कारण नयाँ सानो एसयूभी बीजेडटुएक्स नामबाट आउने धेरैले अनुमान गरेका छन् । यसको विषयमा कम्पनीले कुनै आधिकारीक जानकारी बाहिर ल्याएको छैन ।

निकै चंकी र बल्की डिजाइनमा देखिएको अर्वान एसयूभीमा ५० र ७० किलोवाट आवरको ब्याट्री प्याक रहने अनुमान गरिएको छ । साथै, यी ब्याट्रीको रेन्ज ३७० देखि ४८० किलोमिटर रहने अनुमान गरिएको छ ।

अगाडि र पछाडि नै एलइडी लाइटको भरपुर प्रयोग गरिएको सार्वजनिक भएको तस्बिरबाट पुष्टि हुन्छ । टोयोटाले एकपछि अर्को इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक गर्दै आएको छ ।


Back_to_top