काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले संचालन गरिरहेको ‘म्याक्सचेन्ज मेला’ भोलि मंगलवार सकिदैछ । मंसिर १५ गतेबाट सुरु भएको मेला भोलि सकिने भएको हो ।
कम्पनीले देशभर रहेका आफ्ना सम्पूर्ण बिक्री केन्द्रमा आयोजना गरेको यो म्याक्सचेन्ज मेलामा ग्राहकले ८ किसिमका फाइदा पाउने छन् । सम्भवत टाटाले नेक्सन ईभी बजारमा ल्याएपछि दिएको यो नै सबैभन्दा ठूलो स्कीम हो ।
कुनै पनि पुरानो गाडी ल्याएर टाटा नेक्सन म्याक्ससँग एक्सचेन्ज गर्ने ग्राहकले निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । साथै, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहार जित्न सक्नेछन् ।


