शाहरुख खानको ग्यारेजमा थपियो ‘आयोनीक-५’

काठमाडौं । बलिउडका बादशाह नामले चिनिने अभिनेता शाहरुख खानको ग्यारेजमा हुन्डाई आयोनीक-५ इलेक्ट्रीक क्रसओभर थपिएको छ । विगत लामो समयदेखि हुन्डाई इन्डियाको ब्राण्ड एम्बेस्डरसमेत रहेका शाहरूखले भारतमा बिक्री भएको ११०० औं यूनिटको डेलिभरी लिएको कम्पनीले जनाएको छ ।

अभिनेता खान र हुन्डाई बीचको सहकार्यले २५ वर्ष पुरा गरेको अवसर पारेर उनलाई आयोनीनक-५ प्रदान गरिएको हुन्डाई इन्डियाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

हुन्डाईले भारतमा बिक्री गर्दै आएको आयोनीक-५ मा ७२.६ किलोवाट आवरको लिथियम आयोन आइडेन्सीटी ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेर ६३१ किलोमिटर गुडाउन सकिने एआरएआईले प्रमाणित गरेको छ ।

हुन्डाईले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको कटिङ एज टेक्नोलोजीमा आधारित आयोनीक-५ लाई ३५० किलोवाट क्षमताको डिसी चार्जरले केबल १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

निकै फिचर लोडेड आयोनीक-५ नेपाली बजारमा पनि उपलब्ध इलेक्ट्रीक कार हो ।


Back_to_top