६४० किलोमिटर रेन्ज भएको ओरा ‘लाइटीनीङ क्याट’

काठमाडौं । ग्रेटवाल मोटर्स (जीडब्लूएम)को इलेक्ट्रीक ब्राण्ड ओराले एकपछि अर्को नयाँ कार बजारमा ल्याइरहेको छ । कम्पनीले सिंगल चार्जमा ६४० किलोमिटर रेन्ज दिने ‘ओरा लाइटिनिङ क्याट’ अन्तर्राष्ट्रिय बजारमा उतारेको हो ।

चिनियाँ ब्राण्डले आफ्नो लङ रेन्ज मोडललाई सहजताको लागि ‘ओरा-०७’ नाम दिएर थाइल्याण्डबाट अन्तर्राष्ट्रिय बजारमा प्रबेश गरेको हो । कम्पनीले यसलाई आफ्नो ‘वान जीडब्लूएम’ रणनीति अनुसार अन्तर्राष्ट्रिय बजारमा पठाएको जनाएको छ ।

सन् २०२२ मा चीनमा सार्वजनिक भएको ओरा-०७ कम्पनीको लाइनअपमा सबैभन्दा प्रिमियम मोडल हो । पोर्श्चेको डिजाइनबाट प्रेरित ओरा-०७ लाई कम्पनीले मिड-साइज लिफ्टब्याक क्यूट डिजाइन ल्याङ्गेवजमा तयार गरेको हो ।

यसको लम्बाई ४८७१ एमएम, चौडाई १८६२ एमएम र उचाई १५०० एमएम दिएको छ । यसमा २८७० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

दुई ब्याट्री अप्सन र दुई मोटर अप्सनमा उपलब्ध ओरा-०७ फ्रन्ट ह्वील र फोर ह्वील ड्राइभ अप्सनमा पाउन सकिन्छ । कम्पनीले इन्ट्री भेरियन्टमा ६४.३ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ ।

त्यस्तै अर्को ८३.५ किलोवाट आवरको एनसीएम ब्याट्री दिएको छ । यसको टु ह्वील ड्राइभ भर्सनमा १५० किलोवाट र फोर ह्वील ड्राइभ भर्सनमा ३०० किलोवाटको मोटर दिइएको छ । एनइडीसीका अनुसार यसको इन्ट्री भेरियन्टले सिंगल चार्जमा ६४० किलोमिटर रेन्ज दिन्छ ।

कम्पनीले यसको मूल्य झण्डै ३७ हजार डालर तोकेर थाइल्याण्डबाट बिक्री सुरु गरेको हो ।


Back_to_top