काठमाडौं । फोटोन नेपालले ‘कर्पोरेट कमर्शियल भेहिकल अवार्ड २०२६’ पाएको छ । आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको यातायात क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको सम्मानस्वरूप फोटोनलाई उक्त अवार्ड दिइएको हो ।
काठमाडौंको होटल र्याडिसनमा आयोजित एक कार्यक्रममा एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले उक्त अवार्ड ग्रहण गरेका थिए ।
एमएडब्लू वृद्धिका सीईओ बरालले अवार्ड पाउनु फोटोन ब्राण्ड र एमएडब्लू वृद्धिका लागि गौरवको क्षण रहेका बताए । ‘कर्पोरेट कमर्शियल भेहिकल अवार्ड २०२६ प्राप्त गर्न फोटोन ब्रान्ड र एमएडब्लू वृद्धिका लागि गौरवको क्षण हो । यस सम्मानले नेपालमा विश्वस्तरीय कमर्शियल मोबिलिटी समाधान उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ। हामी भरपर्दा सवारीसाधन, नवीन प्रविधि, मजबुत बिक्रीपछिको सेवा तथा व्यवसाय र देशको आर्थिक प्रगतिलाई सहयोग गर्ने दिगो यातायात समाधान प्रदान गर्न निरन्तर केन्द्रित रहने छौं,’ उनले भने ।
यो सम्मानले नेपाली कमर्शियल भेहिकल बजारमा फोटोनको बढ्दो प्रभाव र नेपाललाई स्वच्छ, हरित तथा प्रभावकारी यातायात प्रणालीतर्फ अघि बढाउने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।
नेपालभर २,००० भन्दा बढी फोटोन सवारीसाधन आपूर्ति भइसकेको छ । यससँगै ब्रान्डले नेपालको कमर्शियल यातायात क्षेत्रमा मजबुत उपस्थिति स्थापित गरेको छ । फोटोनका भरपर्दा ट्रक, भ्यान र इलेक्ट्रीक कमर्शियल सवारीसाधनहरूले व्यावसायिक गतिशीलता सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । साथै, दिगो यातायात विकासका राष्ट्रिय लक्ष्यहरूलाई पनि सहयोग पुर्याएका छन् ।
यो अवार्डले फोटोनको इलेक्ट्रीक मोबिलिटी प्रवद्र्धन, कार्बन उत्सर्जन न्यूनीकरण, स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन तथा नेपालको विकसित हुँदै गएको यातायात पूर्वाधार र आर्थिक वृद्धिलाई सहयोग गर्ने उन्नत कमर्शियल भेहिकल प्रविधि भित्र्याउने नेतृत्वदायी भूमिकालाई मान्यता दिएको छ ।
विश्वव्यापी रूपमा फोटोन नवप्रवर्तन, विश्वसनीयता तथा इन्टेलिजेन्ट मोबिलिटी समाधानका लागि परिचित छ। ब्रान्डले इलेक्ट्रिक मोबिलिटी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम तथा ऊर्जा दक्ष यातायात समाधानसहित नयाँ पुस्ताका कमर्शियल भेहिकल प्रविधिमा निरन्तर लगानी गर्दै आएको छ । गुणस्तर, टिकाउपन, प्रदर्शन क्षमता र प्रविधिगत प्रगतिप्रतिको प्रतिबद्धताले फोटोन लाई विश्वभरका व्यवसायहरूको विश्वास दिलाएको छ ।
नेपालमा फोटोनलाई एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रतिनिधित्व गर्दै आएको छ । कम्पनीले ग्राहकहरूलाई व्यापक सहयोग सुनिश्चित गर्न देशभर थ्रीएस नेटवर्क सेल्स, सर्भिस र स्पेयर पार्टस् विस्तार गरेको छ । साथै, कम्पनीले नेपालभर २०० भन्दा बढी सीसीएसटू स्पीड चार्जिङ प्वाइन्टसहितको चार्जिङ नेटवर्क विकास गरेको छ, जसले इलेक्ट्रिक मोबिलिटी पूर्वाधारलाई थप मजबुत बनाउँदै ग्राहकहरूलाई सहज चार्जिङ सुविधा प्रदान गर्दछ ।


