काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसानको किक्स खरिद गर्दा बेनेलीको मोटरसाइकल सित्तैमा पाइने भएको छ । नेपालको लागि निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा यस्तो अफर ल्याएको हो ।
यस योजना अन्तर्गत प्रत्येक निसान किक्सको खरिदमा बेनेलीको १८० सीसीको बाइक सित्तैमा पाइने छ । बेनेलीको १८० एस मोडलको बजार मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । यसका अलावा १ वर्षको बीमा, १ वर्षको रोडट्याक्स पनि कम्पनीले नै व्यहोर्ने छ ।
यस अनुसार अब किक्स कार खरिद गर्दा मोटरसाइकल, इन्स्योेरेन्स तथा रोड ट्याक्स गरी कुल ५ लाख ११ हजार ८७२ रुपैयाँ बराबरको फाइदा हुनेछ ।
नेपाली बजारमा हाल किक्सको एक्सएल र एक्सभी गरी दुईवटा भेरियन्ट उपलब्ध रहेको छ । कम्पनीले एक्सएलको मूल्य ४९.९९ लाख र एक्सभीको मूल्य ५४.४९ लाख तोकेर बिक्री गरिरहेको छ ।

