अटो-फ्याक्ट्सः कर्णाली प्रदेश इन्धन भन्डारणमा सबैभन्दा कमजोर, यस्तो छ क्षमता

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ भन्डारण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेर काम गरिरहेको भएपनि हाम्रो भन्डारण क्षमतामा कुनै परिर्वतन आएको छैन । 

सात वटै प्रदेशमा इन्धन भन्डारण केन्द्र रहेपनि त्यसको क्षमता निकै कम भएकाले हाम्रो कुल मागलाई १५ दिनको हाराहारीमा थेग्ने इन्धनमात्र भन्डारण हुने अबस्था रहेको छ । 

यो पनी पढ्नुस्ः अटो-फ्याक्ट्सः कुन प्रदेशमा कति सडक ? बिस्तारमा प्रदेश ३ अगाडि

अहिले सबैभन्दा कम भन्डारण क्षमता कर्णाली प्रदेशको रहेको छ भने, सबैभन्दा बढी प्रदेश नम्बर २ को रहेको छ । मागका हिसावले सबैभन्दा धेरै हुने प्रदेश नम्बर ३ मा दोस्रो धेरै भन्डारण क्षमता रहेको छ । 

यो पनी पढ्नुस्ः अटो-फ्याक्टस्ः तथ्यांकमा सवारीसाधन आयात, कुन देशबाट कति ? 

अहिले नेपालमा कुल ५ हजार १७५ किलोलिटर पेट्रोल, ४२ हजार ३८५ किलोलिटर डिजेल, १४ हजार ८५९ किलोलिटर मट्टीतेल र ४ हजार ८२५ किलोलिटर हवाइ इन्धन भन्डारण गर्ने क्षमता रहेको छ । यो तथ्याङक २०७४ पुष मसान्तसम्मको हो । 

चालू योजनाको अन्तिम वर्ष अर्थात् आर्थिक वर्ष ०७५–७६ भित्र मुलुकको कुल इन्धन भण्डारण क्षमता ९० दिनको माग धान्न सक्ने गरी विकास गर्ने सरकारले बजेटमा नै उल्लेख गरेर अगाडि बढेको भएपनि कुनै ठोस काम भने हुन सकिरहेको छैन । 

यो पनी पढ्नुस्ः अटो फ्याक्टस्ः यस्तो छ सडक निर्माण बजेट, एक्स्प्रेस हाईवेदेखि सुरुङसम्म

नेपालमा इन्धन भन्डारण केन्द्र निर्मामाणमा सहयोग गर्ने प्रतिवद्धता र अवस्यक जग्गा खरिद प्रक्रिया प्राय सबैठाउँमा भएकाले अब चाँडै काम हुने आहा गर्न सकिन्छ । 

हाल निगमसँग काठमाडौं, अमलेखगञ्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र दिपायलमा भन्डारण केन्द्रहरु रहेका छन् । 

यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमको सहकार्यमा तयार परिएको हो । हरेक बुधबार मेरोअटोमा प्रकाशन हुने छ । 


Back_to_top