काठमाडौं । यामाहाले नयाँ मोटरसाइकलको भारतमा ट्रेडमार्क दर्ता गराएको छ । कम्पनीले ‘एफजेड-एक्स’ नामबाट नयाँ मोटरसाइकलको ट्रेडमार्क दर्ता गरेको हो ।
कम्पनीले दर्ता गरेको ट्रेडमार्कलाई हेर्दा कम्पनीले नयाँ एड्भेञ्चर मोटरसाइकल ल्याउन लागेको अनुमान गरिएको छ । संभवत यो मोटरसाइकल यामाहा डब्ल्यूआर १५५ बाट प्रेरित रहने छ ।
कम्पनीले यसमा एक्सटीजेड २५० मा रहेको इन्जिनको साथ बजारमा ल्याउन सक्ने विभिन्न रिपोर्टहरुले अनुमान गरेका छन् । कम्पनीले ल्याउने नयाँ मोटरसाइकल विशेषत लामो यात्रा गर्न चाहने राइडरहरुलाई केन्द्रमा राखेर तयार गर्ने छ ।
भारतमा यामाहाको एफजेड सिरिज निकै सफल रहेको कारण कम्पनीले यसलाई ‘एफजेड-एक्स’ नाम दिइएको अनुमान गरिएको छ । नयाँ एड्भेञ्चर मोटरसाइकल विशेषत लामो यात्राको लागि आरामदायी र रोमाञ्चक राइडिङलाई केन्द्रमा राखेर तयार गरिने छ ।
भारतीय बजारमा २५० सीसी सेगमेन्टमा सुजुकीले भि-स्ट्रोम ल्याउने तयारी गरिरहेको छ भने केटीएमले २५० एड्भेञ्चर मोडल ल्याएर युवाहरुलाई आकर्षण गरिरहेको छ । यहि समयमा यामाहाले नयाँ एड्भेञ्चर मोटरसाइकल ल्याउन लागेको हो ।


