अमेरिकी, इटली र कोरियन मोटरसाइकल नेपालमा टिक्न सकेनन्, बन्द भए यी ब्राण्ड

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा नयाँ ब्रान्डका मोटरसाइकल भित्रने क्रम जारी छ । तर, विगत एक दशकमा नेपालमा विक्री वितरण हुँदै आएका केहि ब्रान्ड भने बन्द भएका छन् ।

पछिल्लो एक दशकमा नेपालमा विक्री भइरहको अमेरिकन ब्रान्डदेखि भियतनामका ब्राण्डसम्म बन्द भएका छन् ।

अमेरिकन ब्रान्ड यूएमको मोटरसाइकल नेपाली बजारबाट विस्थापित भएको सबै भन्दा ठूलो ब्राण्ड हो । आइएमई ग्रुप अन्तर्गतको आइएमई अटोमोटिभ्सले विक्री गर्ने यूएम पूर्णत बन्द भएको छ ।

त्यस्तै इटालियन मोटरसाइकल ब्रान्ड एसडब्ल्यूएम ब्रान्ड नेपाल भित्रिएको दुई बर्षमा नै बन्द भएको छ । तर एसडब्ल्यूएम फेरि नेपाली बजारमा नयाँ मेनेजमेन्टले भित्र्याउने तयारी गरेको छ । एकताका नेपाली बजारमा सफल रहेको अन्ना लिफान यहि दशकमा नै पलायन भएको अर्को ब्राण्ड हो । लिफान भियतनामको ब्रान्ड रहेको थियो । यसलाई नेपालमा नै एशेम्वल गरिएको थियो । सम्भवत नेपालमा एसेम्बल गरिएको यो नै पहिलो मोटरसाइकल ब्रान्ड रहेको थियो ।

त्यस्तै स्पोर्टस मोटरसाइक कोरियन कम्पनी ह्यासुङ नेपालमा बन्द भएको अर्को ब्राण्ड हो । निकै आकर्षक र पावरफुल मोटरसाइकल ल्याएको ह्यासुङ ब्रान्डको मोटरसाइकल पछिल्लो समय नेपालमा विक्री बन्द भएको हो ।

केहि महिनाअघि नेपाल आएको एफटेक बजारमा स्थापित हुनुअघि नै बन्द प्रायः रहेको छ ।


Back_to_top