चीनमा उत्पादन थालेको १३ वर्षमै बन्द भयो जीप

काठमाडौं । सन् २०१० मा चिनियाँ बजारमा प्रवेश गरेको जीपले बैकरप्सी फाइल गरेको छ । चीन सरकारको समेत लागानी रहेको ग्वान्जाओ अटोमोबाइल कर्पोरेशन (जीएसी) सँग ५०/५० प्रतिशत साझेदारी रहेको ‘जीएसी एफसीए’ले हुनान प्रान्तको अदालतमा बैंकरप्सी फाइल गरेको हो ।

सन् २०१२ मा आफ्नै उत्पादन प्लाण्ट बनाएको जीपले पहिलो वर्षमा ९ हजार १०४ युनिट एसयूभी बिक्री गरेको थियो । सन् २०१५ मा अफिसीयल नाम रि-ब्राण्ड गरेर ‘जीएसी फियाट क्राइस्लर अटोमोबाइल कम्पनी’ बनाएको थियो । त्यसपछि जीप ब्राण्डमा केन्द्रित भएर उत्पादन गर्दै आएको थियो ।

कम्पनीले २०१५ मा पहिलो पटक चीनमा चेरोकी मोडल लन्च गरेको थियो । सन् २०१७ सम्ममा २ लाख ५ हजार २०० युनिट बिक्री भएको जीप उक्त समयको सर्वाधिक छिटो सफलता पाउने ‘जोयन्ट भेन्चर’ ब्राण्ड थियो ।

सन् २०१८ बाट निरन्तर बजार गुमाउँदै गएको जीपको बिक्री २०२१ सम्म आइपुग्दा केबल २१ हजार युनिटमा सीमित भयो । बिक्रीमा अत्याधिक गिरावट आएसँगै सन् २०२१ मा स्टेलान्टिस ग्रुपले १ बिलियन र जीएसी ग्रुपले ३ अर्ब युवान लगानी थपेका थिए । तर, ४ अर्ब युवानको क्यापिटल बर्न गर्दा पनि उक्त साझेदारी जोगिएन । अन्तत बैंकरप्सी फाइल भयो ।


Back_to_top