काठमाडौं । क्लासिक ह्वील्स एक्स्पर्ट एण्ड इम्पोर्ट प्रालि अन्तर्गतको इलेक्ट्रीक मोबिलिटी ब्राण्ड ग्यारोले एकैपटक २५ युनिट इलेक्ट्रीक स्कुटर डेलिभरी गरेको छ ।
कम्पनीले याङ्गो बाइ ड्राइभरा मोबिलिटी प्रालिलाई दोस्रो चरणको डेलिभरी अन्तर्गत डीटी-५३ इलेक्ट्रीक स्कुटर डेलिभरी गरेको हो ।
कम्पनीले याङ्गोलाई कुल १०० स्कुटर डेलेभरी गर्नेछ । सोमध्ये यसअघि नै पहिलो चरणमा ६ वटा डेलिभरी गरिसकेको छ ।
यो उपलब्धिले दिगो र प्रभावकारी शहरी यातायातप्रति दुवै संस्थाको साझा प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।
ग्यारो डीटी-५३ उच्च प्रयोग हुने फ्लिट संचालनलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो । जसले एकैपटकको चार्जमा २५० किलोमिटरको रेन्ज, भरपर्दो प्रदर्शन र न्यून संचालन खर्च प्रदान गर्छ।
यी विशेषताहरूले यसलाई व्यावसायिक मोबिलिटी साझेदारहरूका लागि उपयुक्त विकल्प बनाउँछ। स्कुटरको कार्यक्षमता र दक्षता याङ्गो बाइ ड्राइभरा मोबिलिटीको स्वच्छ, स्मार्ट र दिगो यातायात सेवाको दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ।
क्लासिक ह्वील्स नेपालमा क्रसफायर मेटरसाइकलको आधिकारिक बिक्रेता समेत हो ।

