काठमाडौं । जिली अटोमोबाइलले विश्वकै पहिलो थोर ईएम हाइब्रिड सिस्टम भएको पिकअप देखाएको छ । कम्पनीले चीनको सांघाईमा जारी अटोशो २०२५ उक्त पिकअप देखाएको हो ।
थ्री स्पीड डेडिकेटेड हाइब्रिड ट्रास्मिसन भएको यो पिकअप पर्फमेन्स र इफिसियन्सीमा अब्बल रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो पिकअपको कम्बाइन रेन्ज १००० किलोमिटर हुनेछ ।
जिलीका नयाँ रेडारामा ओम्नी स्ट्याक इनर्जी प्ल्याटफर्म र सटल एलओटी प्ल्याटफर्म गरी दुई प्रमुख टेक्नलोजी प्ल्याटफर्म प्रयोग भएको छ । यी सिस्टमहरूले यो पिकअपलाई ट्रास्पोटेसन भन्दा धेरै उपयोगिता बढाउने छ । जसले गर्दा अफरोडिङ तथा आउटडोर वर्क समेतमा सक्षम हुन्छ ।
यो पिकअपमा अगाडि थ्री डीएचआई ट्रासमिसन सहितको १.५ लिटरको इन्जिन रहेको छ । यो इन्जिनले हाइअल्टिच्युड क्लाइम्बिङ र खराब टेरेनमा समेत उत्कृष्ट पर्फमेन्स दिनेछ ।
ड्युल मोटर सेटअप रहेको यो हाइब्रिड पिकअपले हाइस्पीड, हाइ अल्टिच्युड तथा लो टेम्प्रेचरमा पनि स्टेबल रहन्छ । यसमा प्रयोग भएको नयाँ हाइब्रिड सिस्टमले ग्यासोलिन र इलेक्ट्रीक पावर दुवैलाई सपोर्ट गर्ने भएकाले यसको थर्मल इफिसियन्सी रेट ४४.२६ प्रतिशत रहेको छ । यसमा दिएको इन्टेलिजेन्ट इनर्जी मेनेजमेन्टले गर्दा परम्परागत ग्यासोलिन पिकअपभन्दा २१ प्रतिशत बढी फ्युल इफिसियन्सी बढ्छ ।
नेपालका लागि सीजी मोटर्स जिलीको रेडारा पिकअप अधिकारिक वितरक रहेको छ । नेपाली बजारमा समेत जिलीको इलेक्ट्रीक पिकअपहरू राम्रो संख्यामा बिक्री भइरहेको छ । नेपाल सरकारले हाइब्रिड पिकअपमा आगामी बजेटमा केही छुट दिएमा नेपालमा समेत यो पिकअप आउने सम्भावना छ ।