आयो नयाँ सुजुकी ‘जिक्सर १२५’

काठमाडौं । सुजुकीले आफ्नो जिक्सर १२५ को २०२१ मोडल सार्वजनिक गरेको छ । कम्पनीले जापानबाट जिक्सर १२५ को नयाँ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको नयाँ जिक्सर १२५ दुई कलर अप्सनमा आएको छ । यसअघि ड्यूल टोन कलरमा आउने जिक्सर अहिले निलो र कालो गरि दुई कलरमा आएको छ ।

सुजुकी जिक्सर १२५ मा १२४ सीसीको फोर भल्भ, डिओएचसी सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १० हजार आरपीएममा १५ पीएस पावर र ८००० आरपीएममा ११ एनएम टर्क प्रदान गर्छ । ६ स्पीड गियरबक्स रहेको उक्त मोटरसाइकलले ४५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम क्षमताको इन्जिन भएरपनि निकै आकर्षक फिचर दिइएको सुजुकी जिक्सर १२५ को जापानमा ३ लाख ८८ हजार ८०० येन मूल्य निर्धारण गरिएको छ । मोटरसाइकलको अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । पेटल डिस्क यूनिट दुबै चक्कमा दिइएको छ भने डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

नेपालमा सुजुकीले जिक्सर १५० र २५० मोडल विक्री गर्दै आएको भएपनि १२५ मोडल भने ल्याएको छैन । कम सीसी र बढी मूल्यको कारण कम्पनीले जिक्सर १२५ नल्याएको हुन सक्छ ।


Back_to_top