काठमाडौं । नेपालमा यामाहाको सर्वाधिक सफल मोडल एफजेडएस भी ३ र सुजुकीको सर्वाधिक सफल मोडल जिक्सर १५५ हो । यी दुबै मोटरसाइकलमा लगभग समान इन्जिन, उस्तै मूल्य र उस्तै फिचरहरु उपलब्ध रहेका छन् ।
यामाहा एफजेडएस भी ३ को मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ भने जिक्सर १५५ को मूल्य ३ लाख २१ हजार ९०० रुपैयाँ रहेको छ ।
दुबै मोटरसाइकलमा एफआई इन्जिन र सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ । यामाहा एफजेडएस भी ३ मा १४९ सीसी ४ स्टोक, एसओएचसी, २ भल्भ इन्जिन छ । उक्त इन्जिनले ८००० आरपीएमा १३.२ पीएस पावर प्रदान गर्छ ।
जिक्सर १५५ मा १५५ सीसी ४ स्टोक, सिंगल सिलिण्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले पनि ८००० आरपीएममा १४.१ पीएस पावर प्रदान गर्छ । यी दुई मोटरसाइकलमा जिक्सरको पावर धेरै रहेको छ ।

दुबै मोटरसाइकलमा सिंगल च्यानल एबीएस, स्टार्टको लागि सेल्फ मात्रको सुविधा रहेको छ । डिजिटल स्पीडो मिटर, एलइडी टेल लाइट, डिजिटल ट्रीप मिटर, लो फ्युल वार्निङ ल्याम्प, डिजिटल कन्सोल जस्ता समान विशेषता रहेका छन् । माइलेज पनि यी दुबै मोटरसाइकलको लगभग उस्तै रहेको छ ।
दुबै मोटरसाइकलको बिक्रेता कम्पनीहरुले केही दिनअघि अफर ल्याएर मोटरसाइकल बिक्री गर्दै आएका छन् । सुजुकीले जिक्सरमा १५ हजार नगद छुट दिएको छ भने यामाहाले एफजेडएस भि थ्रीमा १० हजार नगद छुट दिएको छ ।

एक्स्चेन्ज, नगदमा खरिद वा फाइनान्स सुविधा जसरी किनेपनि जिक्सरमा ग्राहकले नगद १५ हजार छुट प्राप्त गर्नेछन् ।
यस्तै यामाहा एफजेडएस भी ३ किन्न चाहने ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्ट, शून्य प्रतिशत व्याज, १० प्रतिशत वा २५ प्रतिशत डाउन पेमेन्ट र नगद खरिद गर्दा १० हजार रुपैयाँ छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।


