एक्जीम कोड नवीकरण गर्ने म्याद असोजसम्म थपियाे

काठमाडौं । नाडा अटोमोबाइल एसोशिएसन अफ नेपालले एक्जीम कोड नवीकरण गर्ने म्याद थप्न अर्थ मन्त्रालयलाई आग्रह गरेको थियाे । उक्त आग्रहकाे सुनुवाइ गर्दै असाेज मसान्तसम्मकाे समय दिइएकाे छ ।

कोभिडका १९ का कारण असहज अवस्था सृजना भएकाले व्यवसायीको सहजताका लागि आगामी असोज मसान्तसम्मका लागि समयावधि थप गरिदिन नाडाले आग्रह गरेको थियाे ।

‘खासगरी कोभिड १९ संक्रमणका कारण देश बन्दाबन्दीकै अवस्थामा रहेकाले वर्तमान जटिल र विषम परिस्थितिमा व्यवसायीहरुको सहजताका लागि एक्जीम कोड नवीकरण गर्ने म्याद २०७७ असोज मसान्तसम्म थप्न आग्रह गर्दछौं ,’ नाडाकाे पत्रमा लेखिएको थियाे ।

 


Back_to_top