क्र्यास टेष्टमा मारुती सुजुकीका ३ मोडलले बनायो निरास

काठमाडौं । ग्लोबल एनक्यापको नयाँ प्रोटोकल अनुसार परिक्षण भएका मारुती सुजुकी एसप्रेसो, स्वीफ्ट र इग्नीसले निरासजनक परिणाम पाएका छन् । मारुती सुजुकी स्वीफ्टले एडल्ट र चाइल्ड सुरक्षामा १ स्टार पाउँदा इग्नीस र एसप्रेसोले एडल्टमा १ स्टार र चाइल्ड सुरक्षामा ० स्टार पाएको हो ।

यसलाई दुर्घटना सुरक्षाको हिसावले निकै कमजोर प्रदर्शन मानिएको छ । मारुती सुजुकी एसप्रेसोले एडल्ट सुरक्षामा ३४ अंकमा २०.०३, स्वीफेटले १९.१९ र इग्नीसले १६.४८ आंक पाएर निरासाजनक प्रदर्शन गरेको हो ।

चाइल्ड सुरक्षामा अझ कमजोर देखिएका यी कार मध्ये स्वीफ्टले ४९ अंकमा १६.६८, एसप्रेसोले ३.५२ र इग्नीसले ३.८६ अंक पाएका छन् । योसँगै भारतीय ब्राण्ड टाटा र महिन्द्राले ५ स्टार रेटिङ पाउने गाडी बनाइरहेको समयमा इन्डो–जापानी ब्राण्ड माथि थप दबाब परेको छ ।


Back_to_top