उच्च माइलेज दिने स्कुटरमा किस्ता तिर्ने अवधि छनोट गर्न पाइने

काठमाडौं । यामाहा मोटरसाइकलको लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले फाइनान्स स्कीम ल्याएको छ । कम्पनीले आफ्नो सर्वाधिक माइलेज दिने स्कुटर रे-जेडआर १२५ मा कम डाउन पमेन्ट र कम मासिक किस्ता मध्ये एक छनोट गर्न सकिने स्कीम सार्वजनिक गरेको हो ।

एमएडब्लूले केही समय अघिदेखि नै यो स्कीम दिइरहेको थियो । सरकारले आयात प्रतिबन्ध हटाएपछि उक्त स्कीमलाई निरन्तरता दिने भएको हो । यो स्कीममा ग्राहकले ५० प्रतिशतभन्दा कम डाउन पेमेन्ट गरेर पनि कति महिनामा किस्ता तिरिसक्ने भनेर छनोट गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत यामाहा रे-जेडआर १२५ एफआई स्कुटर खरिद गर्दा ४० प्रतिशत डाउन पमेन्ट गरेर लिन सकिने छ । डाउन पमेन्ट गरेर बाँकी रहेको रकम ग्राहकले १८, २४ र ३० महिना भित्र तिर्नेगरी समय छनोट गर्न सक्नेछन् । यो योजनामा ग्राहकले ९ प्रतिशत हाराहारीमा मात्रै ब्याज बुझाउनु पर्ने हुन्छ । यामाहा रेजेड आरको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ ।

स्कीममा रे-जेडआर १२५ को ड्रम भेरियन्ट खरिद गर्दा ४० प्रतिशत रकम बराबर हुने १ लाख ७ हजार ९६० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । त्यस बाहेकको बाँकी रकम १८ महिनाको मासिक किस्तामा बुझाउदा मासिक ९ हजार ४२९ रुपैयाँ र २४ महिनाको किस्तामा बुझाउँदा मासिक ७ हजार ३२३ रुपैयाँ प्रति महिना बुझाउनु पर्छ । त्यस्तै, ३० महिनामा किस्ता बुझाउदा ५ हजार ९७३ रुपैयाँ बुझाउँनु पर्ने हुन्छ ।

यस्तो छ स्कुटर

रे-जेडआर १२५ मा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर ०-६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ ।

यसमा ट्युवलेस टायर दिइएको छ भने फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्वीङ यूनिट रहेको छ ।

यो स्कुटरको तौल ९९ केजी रहेको छ जुन सेग्मेन्टकै सबैभन्दा कम हो । साइड स्यान्ड इन्जिन किल सेन्सर, अटोमेटीक इन्जिन स्लिपरअन जस्ता फिचर यसमा उपलब्ध छन् ।


Back_to_top