काठमाडौं । चीन सरकारले सुरक्षीत ब्याट्री निर्माणमा लाग्न कम्पनीहरुलाई बिभिन्न किसिमका बाध्यकारी परीक्षणमा सहभागि गराउने घोषणा यसअघि नै गरेको छ । कम्पनीहरुले पनि आफुले बनाउने र प्रयोग गर्ने ब्याट्रीको सुरक्षामा विशेष ध्यान दिन थालेका छन् ।
चांगानको चोंगकिंगस्थित ल्याबमा करिब ४०० केजी तौलको हाइभोल्टेज ब्याट्रीलाई १६.४ फिट माथिबाट खसालेर परीक्षण गरेको हो । उक्त परीक्षणमा तल खसेको ब्याट्री फलामे प्लेटमा बजारिँएको थियो । यसरी बजारिँदा पनि गोल्डेन शिल्ड ब्याट्री पूर्ण रुपमा सुरक्षीत रहेको कम्पनीको दावी छ ।
ब्याट्री ईभीको लागि नै महत्वपूर्ण र संबेदनशिल मानिन्छ । यसरी झारिएको ब्याट्रीमा कुनै किसिमको चोट नलाग्नु र धर्मल रनवेको अवस्था नआउनुलाई निकै राम्रो मान्न सकिन्छ ।
कम्पनीका अनुसार गोल्डेन शिल्ड ब्याट्री यस्तै कठोर झट्काका लागि डिजाइन गरिएको हो । यसको बाहिरी संरचना एल्युमियिम एलोइबाट बनेको छ । भित्रको हनीकम्ब स्ट्रक्चरले झड्कालाई समान रुपमा वितरण गर्छ, जसले सेलहरुलाई भत्किन नदिएर स्थिर राख्छ । मल्टिपल लेयर इन्सुलेसन प्रयोग भएको कारण यो ब्याट्री निकै सुरक्षीत मानिन्छ ।
अन्य परीक्षणमा पनि अब्बल
कम्पनीले गोल्डेन शिल्ड ब्याट्रीलाई अन्य धेरै कठोर परीक्षणमा पनि उतारेको छ । यसलाई आगोमै १४० सेकेन्डभन्दा बढी समय राख्दा पनि विस्फोट भएको थिएन ।
पानीमा घन्टौंसम्म डुबाउँदा वा हाइप्रेसर स्प्रे परीक्षणमा पनि ब्याट्री सामान्य नै रहेको देखिन्छ । सामान्य ब्याट्रीमा स्टिल नेलले पेनेट्रेट गर्दा तुरुन्तै थर्मल रनअवे भएको हामीले देखेकै छौं । तर, गोल्डेन शिल्ड ब्याट्रीले पनि यसलाई सफलता पूर्वक पुरा गरेको छ ।
अहिले नेपालमा यही ब्याट्री प्रयोग भएको दीपल एस-०७ र एस-०५ मोडल उपलब्ध छन् ।

