निसानको ‘मेड इन चाइना’ इलेक्ट्रीक एसयूभी एनएक्स-८

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसानले चीनमा आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । कम्पनी सन् २०२६ को दोस्रो क्वाटरबाट बजारमा बिक्री गर्नेगरी देखाएको ‘एनएक्स-८’ ठूलो साइजको एसयूभी हो ।

चीनको उद्योग र सुचना प्रविधि मन्त्रालयमा निसानले पेस गरेको तस्बिरले नयाँ एसयूभी लगभग तयार रहेको संकेत गरेको हो । निसानले चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङसँग मिलेर नयाँ एसयूभी तयार पारेको हो ।

निसानको चिनियाँ साझेदारको रुपमा डोङफेङ मोटर्सले विगतदेखि नै काम गर्दै आएको छ । यसअघि बजारमा आएको इलेक्ट्रीक सेडान निसान एन-७ र प्लगइन हाइब्रिड सेडान एन-६ पनि यी दुबै ब्राण्डको सहकार्यमा बनेको हो ।

डोङफेङ निसानले नयाँ एसयूभी बेइजिङ अटो शो २०२६ मा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले त्यसमा रहने टेक्नीकल डिटेलहरु अटो शोमा नै सार्वजनिक गर्ने बतायो ।

बाहिर आएको बिबरण अनुसार एनएक्स-८ एसयूभीको लम्बाइ ४८७० एमएम, चौडाइ १९२० एमएम र उचाइ १६८० एमएम हुनेछ । यसमा २९१७ एमएम लामो ह्वीलवेस पाउन सकिनेछ ।

कम्पनीले सीएटीएलले उत्पादन गरेको लिथियम आइरन फस्फेट ब्याट्री दिएर यसलाई बजारमा ल्याउने छ । ब्याट्रीको साइज र रेन्जको विषयमा केही जानकारी दिइएको छैन । यसमा रहने मोटरको पावरका विषयमा पनि कुनै जानकारी प्राप्त छैन ।


Back_to_top