जंगल सफारीमा प्रयोग हुने गाडीम अब जीपीएस अनिवार्य

काठमाडौं । अब चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा प्रयोग हुने सवारी साधनमा अनिवार्य रूपमा जीपीएस प्रविधि जडान गर्नुपर्ने भएको छ ।

निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि जिप सफारी सञ्चालन गर्न अनुमति दिने क्रममा यस्तो प्रावधान राखेको हो ।

निकुञ्ज कार्यालयका अनुसार सफारीमा प्रयोग हुने सबै सवारीमा भेहिकल ट्रयाकिङ एन्ड मोनिटरिङ सिस्टम जडान गर्न अनिवार्य गरिएको छ ।

यसले सवारी साधनको अवस्था थाहा पाउन, निगरानी गर्न सहज हुने निकुञ्जले जनाएको छ ।


Back_to_top