चुपचाप बजारमा प्रतिस्पर्धा गर्दै दुई एसयूभी, कुन किन्दा बढी फाइदा ?

काठमाडौं । मिडसाइज इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा कडा प्रतिस्पर्धा चलिरहेको छ । हरेक ब्राण्डसँग दुई वा तीन एसयूभी यो सेग्मेन्टमा उपलब्ध हुन थालेका छन् ।

विगत लामो समयदेखि दुई ब्राण्डले बजारमा ल्याएका एसयूभी भने भीडभन्दा बाहिर बसेर प्रतिस्पर्धा गर्दैछन् । एमएडब्लू वृद्धिले ल्याएको सेरेस थ्री र केईका दुई आधिकारिक बिक्रेता रहेको एक्सथ्री प्रो चुपचाप प्रतिस्पर्धामा रहेका मोडल हुन् ।

ठ्याक्कै भन्दा यी दुई एसयूभी अहिले बजेट एसयूभी खोज्नेको लागि उत्तम विकल्प हुन् । तर, बढ्दो प्रतिस्पर्धाको कारण प्योर ईभी प्लेटफर्ममा बनेका कार नै लगभग उस्तै मूल्यमा पाउने थालेसँगै उपभोक्ता नै केही अन्योलमा परेको भान हुन्छ ।

यी दुवै एसयूभीको समानता मोटर ब्याट्री साइजमा पनि छ । दुवै एसयूभीमा ९९ किलोवाटको मोटर र करिब ५३ किलोवाटको एलएफपी ब्याट्री उपलब्ध छ । रेन्ज पनि दुवै एसयूभीले ३०० किलोमिटर माथि दिन्छ । मूल्य पनि लगभग ४० लाख रुपैयाँ तिर्दा दुवै एसयूभी किन्न सकिन्छ ।

सेरेसमा चिनियाँ सरकारी कम्पनी डोङफेङको लगानी छ भने केईमा सिचुवान प्रान्तको सरकार र चेरी मोटर्सको लगानी छ ।

साइज

केई एक्सथ्री प्रोको लम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ । यसमा ह्वीलबेस २६३२ एमएम लामो छ । ग्राउण्ड क्लियरेन्स १८३ एमएम अग्लो छ ।

सेरेस थ्रीको लम्बाइ ४३८५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १६५० एमएम छ । यसमा ह्वीलबेस २६५५ एमएम लामो र ग्राउण्ड क्लियरेन्स १९० एमएम अग्लो छ ।

क्याबिन फिचर

केई एक्सथ्री प्रोमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन, ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट प्यानल, ६ वटा स्पीकर, इलेक्ट्रीक एड्जस्टेबल ड्राइभर सिट, पानारोमिक मुनरुफ, वायरलेस चार्जर, रिभर्स पार्किङ क्यामरा र सेन्सर पाउन सकिन्छ । यसमा ईको र स्पोट्स गरी दुई ड्राइभिङ मोड छ ।

सेरेस थ्रीमा पानारोमिक सनरुफ, इलेक्ट्रीक एड्जस्टेबल ड्राइभर र को–ड्राइभर सिट, मल्टी ड्राइभ मोड र मल्टी स्टेरिङ मोड, हिटेड सिट, ड्यासक्याम, ३६० डीग्री क्यामरा जस्ता फिचर छन् । सेरेस थ्रीमा इको, नर्मल र स्पोट्स गरि ३ ड्राइभिङ मोड पाउन सकिन्छ ।

सेफ्टी फिचर

सेरेस थ्रीमा ६ वटा एयरब्याग, ईएसपी, ईबीए, ईबीडी, हिल लन्च असिस्ट, अटोहोल्ड, टीपीएमएस, फ्रन्ट कोलुजन वार्निङ, लेन किप असिस्ट, ट्रयाक्सन कन्ट्रोल जस्तासुरक्षा फिचर छन् ।

केई एक्सथ्री प्रोमा पनि ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रीक स्टेबीलीटी कन्ट्रोल, हिल असिस्ट, ३६० डिग्री प्यानारोमिक क्यामरा, इलेक्ट्रानीक पावर स्टेरिङ, अटोहोल्ड, टीपीएमएस, स्पीड लिमिट सेटिङ जस्ता फिचर छन् ।


Back_to_top