बुकिङ खोलेको ९० मिनेटमा ‘सोल्ड आउट’

काठमाडौं । टोयोटाले आफ्नो स्पोर्टस् कार ‘जिआर ८६’ बुकिङ खोलेको ९० मिनेटमा नै सोल्ड आउट भएको छ । कम्पनीले बेलायतमा कारको बुकिङ खोलेको ९० मिनेटमा सोल्ड आउट भएको हो ।

टोयोटाले अप्रिल २०, २०२२ मा यसको बुकिङ खुल्ला गरेको थियो । कम्पनीले कति यूनिटको लागि बुकिङ खुलाएको थियो भन्ने जानकारी दिएको छैन । तर, बुकिङ खुलेको केह िमिनेटमा नै अनलाईन बुकिङ बन्द गरिएको थियो ।

टोयोटा जिआर ८६ मा २.४ लिटर फ्ल्याट–फोर इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम २२८ पीएस पावर र २४९ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।


Back_to_top