१५ लाखमा पाइने कार नेपाल ल्याउने दौड सुरु

ग्रेटर नोयडा । ग्रेट वाल मोटर्सले अटो एक्स्पो २०२० मा सार्वजनिक गरेको ‘आर-१’ मा अवलोकन कर्ताको भिड लागेको छ । रमाइलो पक्ष यो गाडी नेपाल ल्याउन धेरै व्यवसायी लागि परेका छन् ।

चीनमा करिब ९ लाख नेपाली रुपैयाँ बराबरमा किन्न सकिने यो कार नेपाल आउँदा करिब १५ लाख हाराहारीमा बिक्री गर्न सकिने देखिन्छ ।

यसमा ३३ किलोवाटको लिथियम आयोन ब्याट्री र ३३ किलोवाटकै इलेक्ट्रीक मोटर जडान गरिएको छ । प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा दौडने यो कार फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने क्षमता राख्छ ।

ओरा आर-१ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।


Back_to_top