दरबारमार्ग र जमलका सडक हरियाली बनाईदै

काठमाडौं । बैंक र प्राइभेट संस्थाको सहकार्यमा दरबारमार्ग–जमल सडकलाई ग्रीनरोड बनाउने तयारी भइरहेको छ । बिभिन्न संघ संस्था र बैंकको सहयोगमा कामलाई अघि बढाउन लागिएको हो । 

यस कामका लागि बैंकहरूले लगानी गर्ने प्रतावहरु आएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । 

उनकाअनुसार हाल यस प्रोजेक्टका लागि थुप्रै बैंकहरूबाट लगानीका लागि प्रतिवेदन आएको छ भने, त्यो प्रोजेक्ट कुन बैंकलाई दिने विषयमा छलफल हुन बाँकी रहेको छ । 

‘बैंकहरूबाट लगानीका लागि प्रस्ताव आइरहेको छ, कुन बैंकलाई यो प्रोजेक्ट दिने भनेर छलफल भएको छैन,’ डंगोलले मेरोअटोसँग भने । 

उनले बैंक र संस्थाहरूको बीचमा सहमति भएपछि ग्रीन रोड डेभलपमेन्टको काम छिट्टै सुरु गरिने उनले जानकारी दिए । 

‘सडकमा वृक्षारोपनका लागि बैंक तथा संस्थाको सहकार्यमा गरिने भएकाले दरबारमार्ग–जमलको सडकमा ग्रीन डेभलपमेन्टको काम सुरु छिट्टै हुन्छ, ’डंगोलले भने । 


Back_to_top