दुई ब्रान्ड न्यू मोडलको उत्पादनमा जुट्यो मारुती सुजुकी

मारुती सुजुकीले ब्रान्ड न्यू दुई मोडल सार्बजनिक गर्ने तयारी थालेको छ ।  सन् २०१८ मा अन्य कम्पनीले आफ्नो बजार हिस्सा अझै बढाउन सफल भएको छ । अब कम्पनीले आफ्नो व्यवसाय अझै बिस्ता गर्न नयाँ मोल सार्वजनिक गर्ने भएको हो । 

कम्पनीले २०१८ फेब्रुअरीमा नयाँ स्विफ्ट मोडल सार्बजनिक गरेको थियो भने, नोभेम्बरमा सेकेन्ड जेनेरेशन इर्टिगा सार्बजनिक गरेको थियो । 

कम्पनी २०१९ को सुरुवातमै जनवरी २३ मा हर्टटेक अवधारणामा निर्माण भएको अल न्यू वागेन–आर सार्बजनिक गर्याे । 

कम्पनीका चेयरम्यान आरसी भारर्गवले कम्पनीको संभावनालाई बढाउन उत्पादनमा थप केन्द्रित भएको बताएका छन् । 

मारुती सुजुकीले भविष्यमा उत्पादन हुने भेहिकल नयाँ सुरक्षा नीतिका साथै नयाँ इमिशन मापदन्ड अनुसार निर्माण गर्ने जनाएको छ । हाल, कम्पनीले एरिना आउटलेटको लागि निर्माण भइरहेको प्रिमियम एसयूभीको उत्पादनलाई अगाडि बढाएको जनाएको छ । 

कम्पनीले ल्याउने भएको एसयभुी भिटारा ब्रेजाको परिमार्जित संस्करण हुनसक्ने आँकलन गरिएको छ । यद्यपी, कम्पनीले ल्याउने तयारी गरेको मोडलबारे आधिकारीक जानकारी प्रस्तुत गरेको छैन । 

यी नयाँ आउने मोडलले महिन्द्राको अपकमिंग कार केयुभी १०० र टाटा हर्नविलसंग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । यसलाई कम्पनीले २०२० फेब्रुवरीमा सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ । 


Back_to_top