बोइङले बनायो अटोनोमस फ्लाईङ ट्याक्सी, भयो सफल परीक्षण (भिडियोसहित)

बोइङ कम्पनीले उत्पादन गरेको अटोनोमस फ्लाईङ ट्याक्सी ‘भिटोल’को पहिलो सफल परिक्षण पुरा भएको छ । परीक्षणपछि कम्पनीले भिटोलको विषयमा भनेको छ ‘परीक्षणको क्रममा यसले टेकअफ, उडान र ल्यान्डिङमा उत्कृष्ट प्रदर्शन गरेको छ ।’

विश्वका धेरै कम्पनीहरु फ्लाईङ ट्याक्सी निर्माणमा जुटी रहेको बेला बोइङले भने बनाएर यसको सफल परीक्षणसमेत गरिसकेको छ । यसलाई यातायातको क्षेत्रमा नयाँ सफलता मान्न थालिएको छ । 

यसको प्रयोग अर्वान मोबिलिटीको लागि हुनेछ । साथै जहाँ सडक संजाल निर्माण भएको छैन त्यस्ता ठाँउमा यातायातको पहुँच बिस्तार गर्न सहज हुनेछ । यो वातावरण मैत्री रहेको छ । यसको प्रयोगले अन्य कोही कसैलाई क्षति वा हानी पुर्याउने छैन ।

 

बोइङले यसलाई तत्काल कार्गो एयरक्राफ्टको रुपमा प्रयोगमा ल्याउने विषयमा विचार गरिरहेको जनाएको छ । यसले करिब २३० किलो वजन लिएर उडान भर्न सक्नेछ । तर, कम्पनीले केही कानुनी प्रक्रिया पुरागर्न वाँकी रहेको जनाएको छ । सबै प्रक्रिया पुरागरेपछि मात्रै यी अटोनोमस ट्याक्सीहरु बिक्री वितरण सुरु हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । 


Back_to_top