काठमाडाैं । ग्रेटवाल मोटरको नेपालका लागि आधिकारीक विक्रेता भिजी ईम्पेक्सले दशैँ, तिहार र छठको अवसर पारी जिडब्लुएमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु सार्वजनिक गरेकोे छ ।
‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ नामक यस योजनाले ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिएको छ । यो योजना ग्रेटवाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ ।
यस योजना अन्तर्गत जिडब्लुएमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । एक वर्षको बीमाका साथै एक वर्षको फ्रि मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समेत समावेश छन्।
लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जिडब्लुएमका कुनै पनि गाडी भएमा थप अतिरिक्त छुट पाउन सकिनेछ । ग्राहकहरुले निशुल्क एसेसोरिज सहित ५ वर्षको वारेन्टी स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस समेत उपलब्ध हुनेछ ।


