काठमाडौं । अमेरिकी प्रख्यात मोटरसाइकल हार्ले डेविडसनको कार्तिक २५ गतेबाट नेपाली बजारमा बिक्री वितरण शुरु हुने भएको छ । नेपालका लागि हार्ले डेभिडसनको आधिकारीक वितरक आईएमई अटोमोटीभ्स प्रालिका उज्ज्वल जोशीका आनुशार गैह्रीधारामा हार्लेको शोरुम निर्माणको अन्तिम चरणमा पुगेको छ ।
शोरुमसँगै सर्भिस सेन्टरको पनि निर्माण भइरहेकोले तिहारको बिदा सकिने वित्तिकै शोरुमको सफ्ट लञ्च गर्ने तयारी भएको जोशीले मेरोअटोलाई जानकारी दिए ।
हार्लेको शोरुम अन्तर्राष्ट्रिय स्तरको स्टेट अफ दि आट अनुरुप बनिरहेको छ । यो शोरुम हार्ले डेविडसनको इन्तर्राष्ट्रिय कन्सेप्टमा आधारित भएर निर्माण गरिएको हो । अहिले पनि हार्ले डेभिडसनबाट आएका प्राविधिकहरुले सर्भिस सेन्टरको सेटअप गर्ने कार्य गरिरहेका छन् ।
स्ट्रिट रड ७५० आउने
स्ट्रिट रड ७५० मा नयाँ सुधारिएको दुईवटा सिलिण्डर इन्जिन रहेको छ । यसको अगाडि चक्कामा दुईवटा ३०० एमएमको तथा पछाडि एक २६० एमएमका डिस्क ब्रेक रहेको छ । ग्राउण्ड क्लिेरियन्स भने २०५ एमएम रहेको छ । साथै अगाडि पछाडि दुबै तर्फ १७ इन्चको अलोए ह्वील दिइएको छ ।
यसको सिट कु्रज बाईक जस्तो नभएर स्ट्रिट बाईक जस्तो रहेको छ । यदि तपाईलाई क्रुज बाईक मनपर्दैन र पनि होर्ले डेभिडसन चलाउन मन छ भने स्ट्रिट रड ७५० राम्रो अफ्सन हुनेछ ।
यसमा७५० सीसीको ६० डिग्रीमा लिक्विड कुल्ड भीटुईन रिभोलुसन एक्स ७५० इन्जिन रहेको छ । यसको कम्प्रेसर रेसीयो १२.० ः १ रहेको छ, जसले ९००० आरपीएममा ७० बिएचपी पावर र ६२ एनएम टर्क जेनरेट गर्छ । जसले तेस्रो गियरमै १४० किलोमिटर प्रति घण्टाको स्पीडमा पूर्याउँछ ।
यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको बाइकमा १३.१ लिटर क्यापासीटीको टियर ड्रप फियुल ट्याङक रहेको छ । ड्रयाग बार ह्याण्डलको दुबै छेउमा लुकिङ्ग ग्लास राखिएको छ । विभिन्न पाँच कलर अप्सनमा उपलब्ध रहेने छ ।
भारतीय बजार बिक्री भईरहेको यो स्पेकको मूल्य नेपाली बजारमा करिब ३० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

