काठमाडौं । धरानका मेयर हर्क साम्पाङले दशैंको शुभकामना अनौठो तरिकाले दिएका छन् । उनको संदेश सामाजिक सचेतनाले भरिपूर्ण छ । गितार बजाउँदै दिइएको सन्देस सुइइय..मा उनले दुर्घटना प्रति सचेत रहन भनेका छन् ।
दशैंमा सडक खाली हुने र यात्रा गर्नेले तिब्र गतिमा गाडी गुडाउने गरेको विषयलाई उनले निकै कलात्मक रुपमा संदेश बनाएका हुन् । उनले दिएको शुभकामना संदेशमा लागुपदार्थको प्रयोग गरेर गाडी नचलाउन भनेका छन् ।
सुइइय गाडी हाँकेर दुर्घटना नहोस्, सुइइय मोटरसाइकल र स्कुटर नहाँकौं । कुनै पनि किसिमका दुर्घटना नहोस् । जनधनको क्षती नहोस् भन्दै उनले सबै किसिमका साधन चलाउनेलाई संदेश दिएका हुन् ।


