काठमाडौं । अमेरीकन प्रिमियम मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिड्सनले सस्तो मोटरसाइकल निमार्ण गर्ने भएको छ । हाल चिनियाँमा बाजरमा निर्माण भइरहेको ३३८ सीसी क्षमताको मोटरसाइकल अब भारतीय बजारमा सार्वजनिक गर्ने भएको हो ।
कम्पनीको हालसम्मकै सबैभन्दा सस्तो मोटरसाइकलको डिजाइन तयार गरेको छ । चिनियाँ कम्पनी कियानजियागसँगको सहयोगमा कम्पनीले उक्त मोटरसाइकलको डिजाइन तयार गरेको हो ।
चिनियाँ पार्टनर र अमेरिकन कम्पनीले एक समारोह उक्त डिजाइन सार्वजनिक गरेका हुन् । चिनियाँ कम्पनीले निर्माण गरेर यो मोटरसाइकल निमार्ण गरेर अमेरीकन कम्पनीलाई हस्तान्तरण गर्ने छ ।
कम्पनीले उक्त ३३८ सीसी मोटरसाइकलको डिजाइन भने सार्वजनिक गरेको छैन । अमेरीकन कम्पनीले उक्त मोटरसाइकलको स्केच सार्वजनिक गरेको हो । उक्त मोटरसाइकलमा बेनेली ३०२ एसबाट ट्रेल फ्रेम, स्वीङ आर्म, सस्पेन्सन र ब्रेकिङग कम्पोनेन्ट लिन सक्ने अनुमान गरिएको छ ।
यो मोटरसाइकलको नाम एचडी ३५० रहने अनुमान गरिएको छ । यो मोटरसाइकल चीनमा २०२० सम्ममा तयार हुने छ भने भारतीय बजारमा २०२१ मा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
भारतीय बजारमा यसको मूल्य ४ लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ ।


