एभरेष्ट आधार शिविरमा हुन्डाइ कोना इभी

हुन्डाइको इलेक्ट्रिक भेइकल कोना सगरमाथाको आधार शिविर पूग्ने पहिलो इलेक्ट्रिक भेइकल हुने भएको छ । ‘मिसन इमिसन इम्पोसिबल’ नाम दिएको यो यात्रा तिब्बतको ल्हासाबाट शुरु भएर सगरमाथाको आधार शिविरमा पुगेर समाप्त हुनेछ । 

भारतमा निर्मित कोना इभीको यो ‘ड्राइभ’ले असम्भव मिसनलाई सम्भव बनाउने कम्पनीको दाबी छ, त्यो पनि कुनै उत्र्सजन बिना । शनिबार ल्हासाबाट शुरु भएको यो ड्राइभ ७ सय किलोमिटर लामो र १७ हजार फिटको उच्च हिमाली बाटो हुँदै सगरमाथाको आधार शिविरमा पुगेर सकिनेछ । 

यो ड्राइभको नेतृत्व भारतको प्रसिद्ध पद्मश्री पुरस्कार विजेता आरोही अजित बजाजजे गरेका छन् । यो ड्राइभको क्रममा कोना इभीले माइनस १२ डिग्री सेन्टीग्रट सम्मको तापक्रमको सामना गर्नेछ । यो ड्राइभबाट कोना इभीको पावर, रेन्जको एस्युरेन्सका साथै चुनौतीपूर्ण वातावरणीय अवस्थामा पनि उच्च प्रर्दशन गर्न सक्छ भनेर थप पुष्टि हुने कम्पनीले जनाएको छ ।


Back_to_top