काठमाडौं । हार्ले डेभिड्शनको लाइभ वायर ब्राण्ड अन्तर्गत उत्पादन हुने एस २ डेल मार इलेक्ट्रीक मोटरसाकलको उत्पादन मोडल बजारमा आउन अझै समय लाग्ने भएको छ । कम्पनीले २०२३ को पहिलो त्रैमासमा बजारमा ल्याउने भनेको मोटरसाइकल २०२३ को तेस्रो त्रैमाससम्ममा आउने भएको हो ।
लाइभ वायरका अध्यक्ष रायन मोरिसेका अनुसार मोटरसाइकल बजारमा आउन अझै केही सयम कुलाग्ने जनाएका छन् ।
योसँगै कम्पनीले २०२३ मा ७ हजार यूनिट मोटरसाइकल उत्पादन गर्ने लक्ष्य लिएको थियो । अब २०२३ को अन्तिमसम्ममा २ हजार यूनिट एस २ डेल मार उत्पादन हुनसक्ने मेरिसेले बताए ।
लाइभ वायर एस २ डेल मार १८ मिनेटमा सोल्ड आउट भएर चर्चा कमाएको मोटरसाइकल हो । कम्पनीले पहिलो १०० यूनिट मोटरसाइकलको बुकिङ खोलेको १८ मिनेटमा नै सोल्ड आउट भएको थियो । यो मोटरसाइकल अमेरिकी बजारमा अहिले बुकिङ गर्न सकिन्छ ।
कम्पनीले एस २ डेल मारको मूल्य १६ हजार ९९९ डलर मूल्य निर्धारण गरेको छ भने १०० डलर तिरेर बुकिङ गर्न सकिन्छ ।
लाइभ वायर एस २ डेल मारको उत्पादन मोडलमा ८० हर्सपावर तथा २४९ एनएम टर्क उत्पादन गर्ने मोटर जडान गरिएको छ । यसले ०-६० मात्र ३.१ सेकेन्डमा भेट्न सक्छ । यो
मोटरसाइकललाई ७५ मिनेटमा ०-८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसलाई एक पटक फुलचार्ज गरेर १७७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

