काठमाडौं । टाटा मोटर्सले जुलाईबाट बिक्री सुरु गर्ने ह्यारीयर ईभीको ग्लोबल लन्च गरिसकेको छ । कम्पनीले आफ्नो सफल एसयूभीलाई इलेक्ट्रीकमा टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध गराउने भएको हो ।
टाटाले भारतीय बजारमा एक्स शोरुम मूल्य २१ लाख ४९ हजार रुपैयाँ तोकेको भेरियन्टमा के के फिचर छन् भन्ने धेरैको चासो हुन सक्छ । यदि, ह्यारीयरको इन्ट्री भेरियन्ट नेपाल आउने हो भने करिब ७० लाख रुपैयाँ आसपासमै उपलब्ध हुनेछ । त्यसैले पनि इन्ट्री भेरियन्टमा रहने फिचरका बारेमा चासो हुनु स्वभाविक हो ।
कम्पनीले एड्भेन्चर, फियरलेस र इम्पावर्ड भेरियन्टमा उपलब्ध गराएको ह्यारीयरको एड्भेन्चर भेरियन्टमा के के फिचर छन् भन्ने बारे हामीले यहाँ चर्चा गरेका छौं । उक्त भेरियन्ट रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध छ । साथै, ब्याट्रीको साइज ६५ किलोवाट आवर रहेको छ ।
टाटाले ह्यारीयर ईभीको रियर ह्वील ड्राइभ भर्सनमा १७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । उक्त मोटरले ५०४ न्यूटन मिटर टर्क प्रदान गर्छ ।
एक्टी डट ईभी प्लेटफर्ममा तयार भएको ह्यारीयर ईभीको इन्टेरियरमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ४ स्पीकर, २ ट्यूटर, १०.२५ इन्चकै इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । क्रुज कन्ट्रोल, वायरलेस चार्जर, ४५ वाटको टाइप सी यूएसभी पोर्ट छ ।
ह्यारीयर ईभीको इन्ट्री भेरियन्ट किन्नेले पनि किलेस इन्ट्री, अटोमेटीक एसी, टिल्ट र टेलिस्कोपीक एड्जस्ट गर्न मिल्ने स्टेरिङ, स्लाइडिङ फ्रन्ट आर्मरेष्ट, हाइट एड्जस्टेवल ड्राइभिङ सिट पाउने छन् । साथै, मल्टी मोडल ड्राइभिङ सिस्टम, प्याडल सिफ्टर, पावर एड्जस्टेवल मिरर, ओभर दी एयर अपडेट, एडास लेभल टु फिचर पाउने छन् । सबै लाइट एलइडी प्रयोग भएको एसयूभीमा १८ इन्चको ह्वील पाउन सकिन्छ ।


