हाभलको कम्प्याक्ट एसयूभी एफ ५ चीनमा सार्वजनिक

ग्रेटबाल मोर्टसको एसयूभी ब्राण्ड हाभलले कम्प्याक्ट एसयूभी ‘एफ ५’ को चीनबाट बिक्री सुरु गरेको छ । चिनीयाँ मोटर्स कम्पनी ग्रेटवालले २०१९ ग्वान्झाओ अटो शो २०१९ मा यसको कन्सेप्ट सार्वजनिक गरेको थियो ।

ग्रेटवाल मोटरका उत्पादन नेपाली बजारमा पनि छिट्टै आउने अनुमान गरिएको बेला कम्पनीले सार्वजनिक गरेको कम्प्याक्ट एसयूभीको चर्चा हुनु स्वभाविक रहेको छ ।

केही वर्षअघिसम्म नेपालमा ग्रेटवाल मोटर्सका उत्पादन उपलब्ध रहेको थियो । तर, अहिले नेपालमा यो ब्राण्डको आधिकारीक वितरक कोही पनि रहेको छैन । भारतमा फेब्रुअरीमा भएको अटो एक्स्पो २०२० मा कम्पनीले हेबलले आफ्ना उत्पादन शोकेस गरेको थियो । अटो एक्स्पोपछि नेपालमा यो ब्राण्ड ल्याउन कम्पनीहरुले प्रयास गरिरहेका छन् ।

यो एसयूभीको नेपाल आउने हो भने हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्ससँग सिधा प्रतिस्पर्धा हुनेछ । यसो गाडीको लम्बाई ४४७० एमएम, चौडाई १८५७ एमएम र उचाई ११६३८ एमएम रहेको छ । यसको ह्वीलवेस २६८० एमएम रहेको छ ।

कम्पनीले एफ ५ मा फन लाइफ इन्टेलिजेन्स नेटवर्क सिस्टम प्रदान गरेको छ । रिमोट इन्जिन अन/अफ, क्लाइमेट कन्ट्रोल जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

हाभलको एफ ५ मा १.५ लिटर टर्बो इनिजनको प्रयोग गरिएको छ । उक्त इनिजनले १६८ पीएस पावर र २८५ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top