पुरानो हेल्मेट ल्याएर ९० हजारसम्मको नयाँसँग साट्न मिल्ने

काठमाडौं । यदि, तपाईसँग कुनै पनि ब्राण्डको पुरानो हेल्मेट छ भने नयाँ हेल्मेटसँग सट्टापट्टा गर्न सक्नु हुनेछ । हेल्मेटस् नेपालले पुराना हेल्मेटको ५०० देखि २००० रुपैयाँसम्मको मूल्यङ्कन गरेर पुरा हेल्मेट लिएर नयाँ हेल्मेट दिने स्कीम चलाएको हो ।

अहिले हेल्मेटस् नेपालको नक्साल शोरुममा रहेको २ हजार ६०० देखि ९० हजारसम्मको हेल्मेट तपाईले खरिद गर्न सक्नुहुन्छ । तपाईले आफ्नो हेल्मेटको मूल्याङ्कन गराएर बाँकी रकम थप गरेर नयाँ हेल्मेट खरिद गर्नु पर्ने हुन्छ ।

हेल्मेट नेपालको नक्साल शोरुममा विभिन्न ब्राण्डका हेल्मेटसँगै अन्य गियरहरु पनि उपलब्ध छन् । नेपालकै एक मात्र फुलफ्लेज सेफ्टी गियरले भरिएको हेल्मेटस् नेपालमा सबैभन्दा महंगो हेल्मेट स्कोर्पियोन् इएक्सओ ब्राण्डको छ । यसको मूल्य ९० हजार रुपैयाँ हो ।

हेल्मेटस् नेपालले मोटरसाइकलका एशोसरिज, टायर, राइडिङ गियर, पार्टस्, हेल्मेट्स जस्ता सामान बिक्री गर्दै आएको छ । कम्पनीको माइतीघर, चाबहिल र नक्सालमा शोरुम रहेको छ ।


Back_to_top