नेपालमा ‘जेसीबी एनएक्सटी’ सिरिजका एक्साभेटर बिक्री सुरू हुँदै

काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले नेपाली बजारमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्साभेटरहरू बिक्री सुरु गर्ने भएको छ ।

कम्पनीले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्साभेटरहरू नेपाली बजारमा लन्च गर्ने भएको हो ।

ललितपुरको झम्सिखेल स्थित द प्लाजामा लन्च कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ ।  उक्त कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहने छ । साथै, उक्त प्रदर्शनीपछि जेसीबी एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिने छ।

‘लिडर इन एक्साभेटर’ भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबीको प्रतिबद्धतामा प्रकाश पार्नेछ।

जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ । जेसीबी एनएक्सटी २२५ एलसीएम ट्रयाक्ड एक्साभेटरले उत्पदकत्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ।

यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्ने कम्पनीको भनाइ छ ।


Back_to_top